August 22, 2018

उनी
नेपाल विभितताको खानी हो । यहाँ सयौं भाषा बोलिन्छन् । फरक फरक संस्कृति छन् । पत्येक २० किलोमिटरमा मौसममा परिवर्तन भएको महुसस गर्न सकिन्छ । यस्तो विविधता भएको मुलुकका जनतामा पनि फरकपन देखिनु स्वभाविक हो ।
उनी यस्तै फरक फरक समस्या र कथा बोकेका नेपाली महिलाहरुको कथा हो । ढुंगा गिटी कुट्ने गरिब महिलादेखि अत्यन्तै धनाढ्य परिवारको प्रतिनिधित्व गर्ने महिलाहरु यो पुस्तकमा भेटिन्छन् । माओवादी जनयुद्धमा बन्दुक बोक्ने महिलादेखि त्यही द्वन्द्वले सर्वस्व लुटिएका महिलाहरुको कथा पनि यहाँ भेटिन्छन् । सबैभन्दा लोकप्रिय महिलादेखि सबैभन्दा गुमनामका कथा पनि यसमा समेट्ने प्रयास गरिएको छ ।
यो पुस्तक नेपाली समाजको स्याम्पल पिस हो भन्न हच्किनु पर्दैन ।

जुकरबर्ग क्याफे
यो पुस्तक नेपाली समाजले फेसबुलाई स्वीकार गर्न थालेको समयको कथा हो । पुस्तकले फेसबुकमार्फत भेटिएका आफ्ना पुराना सम्बन्धको कथालाई आधार बनाएको छ । प्रत्येक कथाले प्रेमका नयाँ नयाँ आयाम खोल्ने प्रयास गरेको छ । फेसबुकको लोप्रियतासँगै यो पुस्तक आएको कारण हुनसक्छ, यो पुस्तक सर्वाधिक विक्री हुने कथा संग्रहभित्र पनि प¥यो ।
नयाँ कुरा पस्कने हो भने साहित्य पनि अन्य विधा जस्तै लोकप्रिय हुनसक्छ भन्ने कुरा ‘जुकरबर्ग क्याफे’ले प्रमाणित गरेको छ ।

प्रेमालय
‘प्रेमालय’ यस्तो विश्वविद्यालय हो, जहाँ केवल प्रेमका विषयबस्तु पढाइ हुन्छ । प्राविधिक कारणले विश्वविद्यालयको मान्यता पाउन नसकेको तर विश्वविद्यालय झैं प्रेमका विषयमा प्राज्ञिक बहस हुने र अध्ययन अनुसन्धान हुने एउटा स्वतन्त्र शिक्षालयको कल्पना प्रेमालयमा गरिएको छ । संसारमा अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, विज्ञान, इन्जिनियरिङ झैँ प्रेमको पनि छुट्टै कोर्स हुनुपर्छ भन्ने कुरा यो उपन्यासमा उठाइएको छ ।
प्रेमको सैद्धान्तिक र व्यवहारिक ज्ञान अध्ययन गर्दा गर्दै यो उपन्यासका पात्रको जीवनमा आइपर्ने घटनाहरु यसका मुख्य विषय हुन् । प्रेम, विवाह र यौनका विषयमा यो पुस्तकले राम्रो बसह सिर्जना गरेको छ ।

ऊ (प्रकाशोन्मुख कृति)