अशेष मल्ल, चर्चित नाट्यकर्मी, प्रमुख सर्बनाम

August 21, 2018

अश्विनी कोइरालाको लोकप्रियता कति छ भन्ने कुरा उनको ‘प्रेमालय’ पुस्तकको बिमोचनमा आँखाले देख्न पाएँ । साहित्यकारहरु पुस्तक बिमोचनमा आउनु ठूलो कुरा होइन तर त्यहाँ साहित्यसँग सरोकार नराख्ने सयौं युवा भेला भएका थिए र लाइन लागेर उनको पुस्तक किनेर हस्ताक्षर गराइरहेका थिए । बर्षौअघि म युवा हुँदा साहित्यमा यसरी पाठक बढून् भन्ने कामना गर्थेँ । आज अश्विनीका कारण त्यो सपना पूरा भएको महसुस गरेको छु ।
युवा पुस्तालाई साहित्यको मूल धारमा ल्याउने उनको योगदानको कदर हुनुपर्छ भन्ने ठान्दछु ।